मकवानपुरमा दुर्घटनामा परी एकजनाको मृत्यु

संवाददाता
४ कार्तिक २०८०, शनिबार ०९:४९

४ कार्तिक, हेटौँडा । मकवानपुरमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प २१८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी–१ बस्ने रमन बस्नेत घाइते भएको र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । मोटरसाइकल सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*