मदिराजन्य पदार्थको नियमन सम्बन्धी कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल
१५ मंसिर, हेटौँडा । मदिराजन्य पदार्थको नियमन सम्बन्धी कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा शुक्रबार हेटौंडामा छलफल भएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल हेटौंडा उपमहानगरपालिकाकोआयोजना तथा विश्व स्वास्थ्य संगठनको ब्यवस्थापनमा शुक्रबार हेटौंडामा छलफल भएको हो । मकवानपुरमा अब्यवस्थित रुपमा मदिराजन्य पदार्थ विक्री वितरण भएका कारण यसलाई नियन्त्रण गर्न सरोकारवालाहरु बिच छलफल गरिएको छ । मदिराजन्य पदार्थको नियन्त्रण गर्न हेटौंडा उपमहानगरपालिकामा पाईलट प्रोजेक्टको रुपमा मदिराजन्य पदार्थको नियमन सम्बन्धि पाँच बर्षे कार्ययोजना संचालन गर्न उपमहानगरपालिकालाई आग्रह गरिएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बासु खतिवाडाले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, प्रहरी , उद्योग वाणिज्य संघका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रतिनिधि, आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रतिनिधि लगाएत सरोकार वालाहरुको उपस्थिति रहेको थियो ।














