महिलामाथि भइरहेको श्रृखलाबद्ध जघन्य अपराध नियन्त्रण गर्न अनेम संघ क्रान्तिकारीको माग
१३ भाद्र, हेटौँडा । अखिल नेपाल महिला संघ क्रान्तिकारीले मकवानपुर जिल्लामा महिलामाथि भैरहेको श्रृखलाबद्ध जघन्य अपराध नियन्त्रण गर्न माग गरेको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयेजना गर्दै मकवानपुर जिल्लामा महिलामाथि तेजाब छकर्ने, बुहारी हत्या गर्ने, हजुरआमा हत्या गर्ने, जबरजस्ती करणी जस्ता विभिन्न खालका जघन्य घटना बढीरहेकोप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गत भदौ ९ गते हत्या गरिएकी हेटौंडा ११ की अलिसा न्यौपानेको हत्या आरोपीलाई यथासीघ्र पक्राउ गरि सावैजनिक गर्न संघले माग गरेको छ । मृतक न्यौपानेको परिवारलाई समेत राखेर गरिएको पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष लक्ष्मी दाख्रिनले महिला माथिको अपराध र हिंसा रोक्नका लागि राज्यले अपनाउनुपर्ने नीति र कारबाहीको दायरालाई थप मजबुत बनाउनुपर्ने बताउनुभयो ।

यसअघि संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको थियो । हत्या आरोपीलाई यथासीघ्र पक्राउ गरी कडा कानुनी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल समक्ष ५ बुद्धे ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चिलुवालले मकवानपुर जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न प्रतिबद्ध रहेको बताउनुभयो । एलिसा न्यौपानेको हत्या आरोपी पहिचान भैसकेको बताउँदै छिट्टै पक्राउ गरिने प्रतिबद्धता जनाउनुभयो ।
५ बुद्धे ज्ञापनपत्रमा यथासीघ्र हत्या आरोपी पक्राउ गनिुपर्ने, होटल लगायतका स्थानमा बास बस्दा पहिचान खुल्ने कागजपत्र अनिवार्य गरिनुपर्ने, लैङ्गिक हिंसा र अपराध नियन्त्रणका लागि शून्य शहनशिलता नीति अबम्बन हुनुपर्ने लगायतका छन् ।














