मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, सांसदलाई राजनीतिक अपहरण गरियोः हानेपा

संवाददाता
१६ चैत्र २०८०, शुक्रबार ०९:४५

१६ चैत्र, हेटौँडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई समर्थन नगर्ने बताएको छ ।
सत्ता गठबन्धनका दलहरुले राजनीतिक अपहरण गरेर आफ्नो पार्टीका सांसद्लाई मन्त्री बनाएको हाम्रो नेपाली पार्टीको ठहर छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष इ.अनन्त राज घिमिरेले ठुला पार्टीहरुले राजनीतिलाई विकृत बनाएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति कटाक्ष गर्दै सांसद्हरुलाई किनबेच र अपहरण गरेर सरकार बनाउने र टिकाउने खेलमा लागे नेपालको राजनीतिक कहाँ जान्छ भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष घिमिरेले पार्टीका केन्द्रिय कमिटिको निर्णय विपरित संसदीय दलको नेता शैलेन्द्र मान बज्राचार्यले मन्त्रीको शपथ लिएको बताउनुभयो । उहाँले यस घटनालाई पार्टीले गम्भीर रुपमा समीक्षा गर्ने पनि स्पष्ट पार्नुभयो । मुख्यमन्त्रीलाई विश्वासको मत दिए सांसद्लाई कारवाही गर्ने समेत उहाँले चेतावनी दिनुभयो । अध्यक्ष घिमिरेले नेता बज्राचार्य अझै पनि आफुहरुको सम्पर्कमा नरहेको बताउनुभयो । सत्ता गठबन्धनका दलहरुले पार्टीको बारे गलत भ्रम फैलाएको समेत अध्यक्ष घिमिरेले आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरले आफुहरु समाजमा सुशासनको व्यवस्था कायम गर्न आएको समेत स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*