मुटुरोगीलाई लक्षित गर्दै हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर हुने

संवाददाता
२९ जेष्ठ २०८१, मंगलवार १९:००

२९ जेठ, हेटौँडा । मुटुरोगीलाई लक्षित गर्दै हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालय र नेपाल ह्दय रोग निवारण प्रतिष्ठान मकवानपुरको संयुक्त आयोजनामा जेठ ३२ गते रोयल पार्टी प्यालेसमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । मंगलबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै ४ नं. वडा अध्यक्ष नविन सिग्देलले स्वास्थ्य शिविरको बारेमा जानकारी गराउनुभएको हो । शिविरमा मुटुरोग, हाडनसा र फिजिसियनको सेवा प्रदान गर्नुको साथै १५ दिनको लागि निःशुल्क औषधी समेत वितरण गरिने अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।
त्यस्तै शिविरमा इसिजी, इको, ब्लड सुगर परीक्षण लगायतको समेत सेवा रहने छ । मुटुरोग विशेषज्ञ प्रा.डा.मनोज श्रेष्ठ, अल्ट्रा साउण्ड प्रा.डा.सुमन कर्माचार्य लगायतले स्वास्थ्य परीक्षण गर्ने प्रतिष्ठानको मकवानपुर शाखाका अध्यक्ष विजय वैद्यले बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोगमा शिविर हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*