मुर्तिलाई पुज्यनीय बनाउन खोर्लाे जडान

संवाददाता
१३ जेष्ठ २०८१, आईतवार १८:०९

१३ जेठ, हेटौँडा । हेटौडा १८ गुम्वाडांडामा स्थापना गरिएको पच्चिस फिट अग्लो बुद्धको मुर्तिलाई पुज्यनीय वनाउने उद्देश्यको साथ दुई सय भन्दा वढी खोर्लाे (माने) जडान गरिएको हो ।
२५६८ औ वुद्ध जयन्तिको अवसर पारेर काठमाण्डौ महानगरपालिका वडा नं. ६ वौद्ध निवासी समाजसेवीहरुको विशेष सक्रियतामा खोर्लाे जडान गरिएको हो । ३० लाख रकम वरावरको खोर्लाे जडान गरी वुद्धमुर्तिलाई पुज्यनीय वनाईएको कुरा वुद्धुमुर्ति निर्माण समन्वय समितिको संयोजक कमलचन्द्र सुमनले बताउनुभयो । वौद्धनाथ क्षेत्र विकास समिति काठमाडौँका पुर्व अध्यक्ष सम्पूर्ण कुमार लामा, वरिष्ठ समाजसेवी सुर्यवज्र लामा, समाजसेवी दुर्गामान शाक्य, डा.वसन्तमान श्रेष्ठ, ज्योति वज्रचार्य लगायतका दाताहरुबाट आर्थिक सहयोग प्राप्त भएको संयोजक सुमनले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*