मुस्लिम इत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशन शनिबार हेटौँडामा हुने

संवाददाता
२७ पुष २०८०, शुक्रबार १९:२९

२७ पुस, हेटौँडा । नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशन पुस २८ गते हेटौँडामा हुने भएको छ ।
हेटौँडामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संगठनले प्रथम अधिवेशनमा१ सय जना प्रतिनिधिहरुको सहभागिता हुने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज समिम खानले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । हेटौँडाको बालकुमारी पार्टी प्यालेमा हुने अधिवेशनमा नेपाल मुस्लिम इत्तिहाद संगठनका केन्द्रीय अध्यक्ष, प्रतिनिधिसभा सदस्य एवम् एमालेका केन्द्रीय सदस्य सिराज फारुकी सहितका एमाले नेताहरुको सहभागिता रहने छ । केन्द्रीय सदस्य फारुकीले मुस्लिम समूदायको हक अधिकारको पक्षमा आफुहरुले काम गर्दै आईरहेको बताउनुभयो । निकै पछि पारिएको समूदायको उत्थानका विषयलाई अधिवेशनमा उल्लेख गर्ने उहाँको भनाई रहेको छ । त्यस्तै संगठनका केन्द्रीय उपमहासचिव एवम् संगठन विभाग प्रमुख जगुल मियाले अधिवेशनबाट बढिमा ३३ सदस्यीय प्रदेश कमिटि निर्माण गर्ने तयारी रहेको बताउनुभयो । अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र एक उपसचिव सहितको कमिटि चयन गर्ने बताइएको छ ।पत्रकार सम्मेलनमा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य एवम् मकवानपुर सह–इन्चार्ज महमत सफिक सहित जिल्ला तथा प्रदेश तहका नेताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*