म्यानमारमा ६ महिना बढ्यो संकटकाल
१७ श्रावण, एजेन्सी । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले देशमा आपतकालिन अवस्थालाई ६ महिना थप गरेको बताएको छ ।
नेपि तावमा भएको एनडीएससीको बैठकमा उपस्थित सबै एनडीएससी सदस्यहरूले आपतकालीन अवधि लम्ब्याउने सहमति जनाएका छन् । राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको हो । बैठकमा निर्वाचनको तयारी, हालको विकास कार्य, राष्ट्रिय जनगणना तथा जनगणनाको तयारी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका विषयमा पनि छलफल भएको प्रतिवेदनले जनाएको छ ।
म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षको लागि आपतकाल घोषणा गरेको थियो । त्यस यता थप गर्दै आएको छ ।














