राक्सिराङ गाउँपालिकामा अवैध रूपमा लगाइएको अफिम खेती नष्ट
७ चैत्र, हेटौँडा । नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिकामा अवैध रूपमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र शसस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरबाट खटिएको संयुक्त टोलीले राक्सिराङ–१ स्थित कान्द्राङमा करीब पाँच बिगाह क्षेत्रमा लागाइएको अफिम खेती नष्ट गरेको हो । गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको खेती प्रहरी टोलीले नष्ट गरेको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरबाट शसस्त्र प्रहरी नायव उपरीक्षक सुवास केसीको नेतृत्वमा खटिएको ३१ जनाको गस्ती टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २५ जना गरी ५६ जनाको टोलीले संयुक्त रुपमा अफिम खेती नष्ट गरेको हो ।
भौगौलिक रुपमा विकट मानिने उक्त क्षेत्रका अधिकांश ठाउँमा गाजा अफिम खेती हुने गरेको छ । प्रत्येक वर्ष प्रहरीले खेती नष्ट गर्ने अभियान चलाएपनि स्थानीयले गाँजा खेती र अफिम खेती भने गर्दै आएका छन् ।














