राक्सीराङमा पहिलो पटक एसईईको परीक्षा केन्द्र, विद्यार्थी उत्साहित

संवाददाता
१४ चैत्र २०८०, बुधबार १९:०४

१४ चैत्र, हेटौँडा । मकवानपुरको दुर्गम गाउँपालिका राक्सिराङमा पहिलो पटक एसईईको परीक्षा केन्द्र राखिएको छ ।
राक्सिराङ ५ स्थित प्रजा जागृती माध्यामिक विद्यालयमा पहिलो पटक परीक्षाकेन्द्र राखिएको हो । शिक्षा समन्वय इकाइ मकवानपुर र गाउँपालिकाको प्रयासमा पालिकामै पहिलो पटक एसईईको परीक्षा केन्द्र राखिएको हो । एसइइको परीक्षा केन्द्र राखिएपछि राक्सिराका विका क्षेत्रका विद्यार्थीले आफ्नै पालिकाबाट परीक्षा दिन पाउने भएका छन् । यसअघि मनहरी हेटौंडा लगायतका स्थानबाट विद्यार्थी परिक्षा दिन बाध्य थिए । यस परीक्षा केन्द्रबाट २ सय ८० जना विद्यार्थीले परीक्षा दिदैछन् । आफ्नै पालिका स्थित केन्द्रबाट परीक्षा दिन पाउँदा विद्यार्थी उत्साहित बनेका छन् ।


पालिकामा पहिलोपटक एसइइ परीक्षा सञ्चालन गर्न पाउनु अवसर र चूनौती दुबै रहेको विद्यालयका केन्द्राध्यक्ष एवं प्रधानाध्यापक सुर्य बहादर प्रजाले बताउनुभयो ।
यस केन्द्रबाट पालिका भरीका ६ वटा माध्यामिक विद्यालयका विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि एक केन्द्राध्यक्ष, सहायक केन्दाध्यक्ष, निरीक्षक सहयोगी सहित १२ जना कर्मचारी परिचालित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*