राप्रपाले निकाल्यो हेटौंडामा मोटरसाइकल ¥याली

संवाददाता
२५ चैत्र २०८०, आईतवार १८:४९

२५ चैत्र, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले आइतबार हेटौंडामा मोटरसाइकल ¥याली र कोणसभा गरेको छ ।
पार्टी कार्यालयबाट निस्किएको ¥याली कान्तिराजपथ, पारिजातपथ, शित्तलमहल चोक, बैंकरोड, बसपार्क, राप्तीरोड, पिपलबोट, मानसचोक , ओम भवन , बुद्धचोक हुदै सिमाचोकमा पुगि कोणसभामा परिणत भएको थियो । चैत २७ गते काठमाडौमा हुने बृहत जन प्रदर्शनलाई सफल बनाउन हेटौंडामा ¥याली र कोणसभा गरिएको राप्रपा मकवानपुर कार्यावाहक अध्यक्ष सागर थापाले बताउनुभयो ।
कोणसभामा बोल्नहुँदै केन्द्रिय सदस्य रामहरी न्यौपानेले राप्रपाले प्रस्तुत गरेको ४० बुुँदे मागलाई सरकारले बेवास्ता गरेको बताउनुभयो । प्रदेशलाई खारेज गरी बलियो संघीय सरकार र अधिकार सम्पन्न स्थानीय तह गरि २ तहको सरकार हुन पर्ने आफुहरुको माग रहेको उहाँले बताउनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य राम बहादुर थोकर, राप्रपा क्षेत्रीय अध्यक्ष उमेश थापा, राप्रपा बागमती प्रदेश सचिव गुन्जन बहादुर न्यौपाने , राप्रपा हेटौंडा उपमहानगरपालिका अध्यक्ष अरुण लामा सहित अन्य नेता कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*