राष्ट्रिय परिचयपत्र बनाउन आउने जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण
२९ श्रावण, हेटौँडा । थाहा नगरपालिकाले राष्ट्रिय परिचयपत्र बनाउन आउने जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले राष्ट्रिय परिचयपत्र शिविरमा आएका सामाजिक सुरक्षा लाभग्राही जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य चेकजाँच गरेको हो । राष्ट्रिय परिचयपत्र शिविर अवधी भरनै ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताउनुभयो । सुगर, प्रेसर, स्वासप्रस्वास लगायतको जाँच गरिएको स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो । स्वास्थ्य शाखाले ल्याब सहितको सेवा प्रदान गरेको थियो । यो अवधीमा शनिबारदेखि सुरु भएको राष्ट्रिय परिचयपत्र शिविरमा ३ सय ५० जनाले स्वास्थ्य जाँच गराएका छन् ।














