राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको जनप्रदर्शनमा बालबालिकाको प्रयोग, ट्राफिक अस्तव्यस्त

संवाददाता
२१ चैत्र २०८०, बुधबार १८:०२

२१ चैत्र, हेटौँडा । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बुधबार हेटौंडामा गरेको जनप्रदर्शनले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।
हेटौंडाको मुटु बुद्धचोकको बीच सडकमै मञ्च बनाएर कार्यक्रम गरेपछि सर्वसाधारणले सास्ती पाएका हुन् । कार्यक्रम अवधीभर करीब २ घण्टा बुद्धचोकबाट राप्तीरोड तर्फ जाने सवारी प्रभावित बनेको थियो । जुन सकडमार्ग हेटौंडामा अधिकांश अस्पताल पुग्ने छोटो दूरीको मार्ग हो । एम्बुलेन्स सहितका आपतकालिन् सवारीले समेत वैकल्पिक मार्गको प्रयोग गरेका थिए । प्रहरीले आयोजकलाई बीच सडकमा प्रदर्शन नगर्न बारम्बार अनुरोध गरेका थिए ।


कार्यक्रममा पूव उपप्रधानमन्त्री राजेन्द्र महतो र सुमन सायमी लगायत राष्ट्रिय मुक्ति क्रान्ति अभियान आवद्ध नेताहरुले सम्बोधन गरेका थिए । बुधबार भएको जनप्रदर्शनमा उलेख्य संख्यामा बालबालिकालाई सहभागी गराइएको थियो ।

बालबालिकाले तामाङ राष्ट्रिय बाहिनी लेखिएको ओभर ज्याकेट र अभियानको चिह्न अंकित झण्डा बोकेर कार्यक्रममा सहभागिता जनाएका थिए । विरोध सभा, प्रदर्शन, जुलुस लगायतका गतिविधिमा बालकालिकाको प्रयोग गरिनु बाल अधिकार सम्बन्धि महासन्धी तथा बालबालिका सम्बन्धि ऐन विपरित कार्य मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*