लामो समयदेखि वक्यौता महशुल नतिर्ने २८ ग्राहकको लाइन एकैदिन काटियो

शम्भु अधिकारी
१३ कार्तिक २०८०, सोमबार १८:३०

१३ कार्तिक, हेटौँडा । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता महशुल नतिर्ने २८ ग्राहकको लाइन एकैदिन काटेको छ ।
लामो समय देखि बाँकी वक्यौता नतिर्ने ग्राहकको लाईन काट्न पालुङ प्राधिकरणले शुरु गरेकै दिन सोमबार वितरण केन्द्र अन्तर्गतका औधोगिक व्यावसायिक तथा घरेलु गरि २८ ग्राहकको लाईन काटेको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो । विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत महसुल बक्यौता वृद्धि हुँदै गएपछि पालुङ वितरण केन्द्रले लाइन काट्ने अभियान शुरु गरेको हो । पटक पटक सार्वजानिक सूचना मार्फत जानकारी गराउँदा पनि अटेर गरि महशुल नबुझाउने ग्राहकको लाईन काट्न शुरु गरिएको प्रमुख न्यौपानेले बताउनुभयो । १५ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रमा २ करोड १० लाख ९३ हजार १ सय ६३ रुपैंया वक्यौता पुगे पछि महशुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरिएको हो । प्राधिकरणले पालुङ वितरण केन्द्र सहित बज्रबाराही, मार्खु, फाखेल, सिस्नेरी लगाएतका फ्यूज सेवालाई परिचालन गरेर एकै पटक सबैतिर वक्यौता नतिर्ने ग्राहकको लाईन काटिएको र काटिएका २८ मध्ये १३ ग्राहकले ५ लाख ७५ हजार महशुल भुक्तानी गरि पुनः लाइन जडान गरिसकेको वितरण केन्द्रका लेखा प्रमुख सुमन शिवाकोटीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*