लेबनानी प्रधानमन्त्रीद्वारा राजधानीमा भएको हमलाको निन्दा

संवाददाता
१८ श्रावण २०८१, शुक्रबार ११:२३

१८ श्रावण, एजेन्सी । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले बेरुतको दक्षिणी उपनगर दहिहमा भएको घातक हमलाको निन्दा गर्नुभएको छ ।
इजरायलले आफ्नो आक्रमण जारी राखे स्थिति थप बिग्रिने चेतावनी दिनुभयो । मिकातीले इजरायलको हिंसात्मक कार्यहरू देखेका देशहरूलाई युद्ध बन्द गर्न, अन्तर्राष्ट्रिय प्रस्ताव र कानूनहरूको पालना गर्न र सुरक्षा परिषद्को प्रश्ताव १७०१ लाई कार्यान्वयन गर्न आग्रह गर्न आह्वान गर्नुभयो । मिकातीले लेबनानलाई बचाउन र यसको समाजलाई कुनैपनि खतराबाट जोगाउन काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*