लैंगिक हिंसा न्यूनिकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्छः सरोकारवाला
२२ मंसिर, हेटौँडा । लैंगिक हिंसा न्यूनिकरणका लागि राज्य सहित सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत गैर सरकारी संस्था महासंघ बागमती प्रदेशले राजधानी हेटौंडामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले यस्तो धारणा राखेका हुन् । लैगिंक हिंसा न्यूनीकरणका लागि राज्यको लगानी, नीति, कार्यक्रम, प्रभावकारिता र नागरिक समाजको भूमिका विषयक अन्तर संवाद कार्यक्रममा लैंगिक हिंसाहरुलाई न्यूनिकरण गर्नका लागि सबैको पहल आवश्यक रहेको सहभागीले बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले लैंगिक हिंसाका घटनाले समाजमा जरो गाडेर बसेकाले यसको न्यूनीकरण आवश्यक रहेको बताउनुभयो । नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको लैंगिक हिंसाले कुण्ठित भैरहेकोमा उहाँ चिन्ता व्यक्त गर्नुभयो । लैगिंक हिंसा न्यूनीकरणका तीनै तहको सरकार प्रभावकारी रुपमा लाग्नुपर्ने सांसद् श्रेष्ठको भनाई थियो । आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई ग्रामिण क्षेत्र लक्षित गर्नुपर्नेमा उहाँको जोड थियो ।
गैसस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठकको अध्यक्षतामा कार्यक्रम भएको हो ।














