वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न सकेनः अध्यक्ष ओली

संवाददाता
२० फाल्गुन २०८०, आईतवार १८:५१

२० फागुन, हेटौँडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न नसकेको बताउनुभएको छ ।
आईतवार संसद भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र शक्ति पृथकीकरणको सिद्धान्त नबुझेको सरकार रहेको बताउनुभयो । उहाँले अर्थमन्त्री डा. प्रकाशशरण महतमा अर्थमन्त्रीले नियम कानून, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको बताउनुभयो । अर्थमन्त्रीले नै देशको अर्थतन्त्र ओरालो लगाएको आराोप लगाउँदै अध्यक्ष ओलीले ०४८ सालमै असफल भइसकेका सिद्धान्त अहिले दोहो¥याउन खोजेको बताउनुभयो । उहाँले वर्तमान सरकार बन्न र चल्नै नहुने सरकार रहेको समेत जिकिर गर्नुभयो । अध्यक्ष ओलीले नेकपा एमाले आइपरे सत्तामा जाने पनि बताउनु भयो ।
अध्यक्ष ओलीले निजी क्षेत्रलाई नेपाली काँग्रेसले समाप्त पारेको आरोप समेत लगाउनुभयो । उहाँले नेपालमा भएका केही उद्योगहरुलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा कांग्रेसले जमानामै सकिदिएको जिकिर गर्नुभयो । उहाँले काँग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताउनुभयो । अध्यक्ष ओलीले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि नभई जमिनको प्रायोजनको लागि  मात्र किनेको जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले सरकारले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८१—०८२ को बजेटका सिद्धान्त र प्राथमिकताले नेपालको वर्तमान आवश्यकतालाई नचिन्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*