वाइसिएल मकवानपुरको पाँचौं जिल्ला सम्मेलन वैशाख २२ गते हुने
१८ वैशाख, हेटौँडा । योङ कम्यूनिष्ट लिग वाइसिएल मकवानपुरको पाँचौं जिल्ला सम्मेलन यही वैशाख २२ गते हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा सम्मेलन हुन लागेको हो । उद्यमशिलता, नवप्रवद्धन र स्वरोजगार भन्ने मूल नाराका साथ हुने सम्मेलन सुशासन, समृद्धि सामाजिक न्याय र समादवादको पक्षमा केन्द्रित रहने बताइएको छ ।
सम्मेलनमा जिल्लाका दशवटै स्थानिय तहबाट करिब ४ सय प्रतिनिधि स्वयम्सेवक सहभागि रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । वाइसिएल मकवानपुरमा करिब २ हजार युवाहरु आवद्ध रहेको संयोजक लवराज ठकुरीले जानकारी दिनुभयो । सम्मेलनबाट नयाँ नेतृत्व समेत चयन गरिनेछ ।
७१ सदस्यीय कार्यसमितिका ११ पदाधिकारी रहने व्यवस्था रहेको छ । सम्मेलनले वडादेखि पालिकासम्म युवा भूमिकालाई सशक्क्त बनाउने रणनीति समेत तय गर्ने संयोजक ठकुरीले बताउनुभयो ।














