वातावरण दिवसमा सशस्त्र प्रहरी बल १४ नम्बर गणद्धारा वृक्षारोपण
२३ जेठ, हेटौंडा । विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले वृक्षारोपण गरेको छ । हेटौंडा–८ कर्रा स्थित खाली जग्गामा सशस्त्र प्रहरीको टोलीले विभिन्न प्रजातीका ८५ वटा विरुवा रोपेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक ज्ञान प्रसाद भूर्तेल सहित ५५ जनाको टालीले वृक्षारोपण गरेका थिए । उक्त अवसरमा ४० वटा अमलाको विरुवा, कपुरको १० वटा विरुवा, सिसौको विरुवा ५ वटा , तेजपत्ता १०वटा , नीम १० वटा र चिमालको १० वटा विरुवा रोपिएको सशस्त्र प्रहरी बल १४ नम्बर गण हेड क्वार्टर मकवानपुरका प्रमुख भूर्तेलले बताउनुभयो ।
रोपिएका विरुवाको गोडमेल र संरक्षण सशस्त्र प्रहरीले नै गर्ने प्रमुख भूर्तेलले बताउनुभयो । हरेक वर्ष जुन ५ तारिखका दिन मा विश्व वातावरण दिवस मनाउने गरिन्छ। हाम्रो भूमि हाम्रो भविष्य भन्ने नाराका साथ यस वर्षको वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
















