विकासको लागि स्थायित्व अनिवार्य शर्तः प्रधानमन्त्री ओली
३ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताउनुभएको छ ।
बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेण्डा नरहेको स्पष्ट पार्नुभयो । उहाँले विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले विकासको लागि स्थायित्व अनिवार्य रहेको बताउनुभयो ।
उहाँले संविधानलाई समयानुकुल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट गर्न सकिने बताउनुभयो । संशोधन प्रक्रियामा सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास हुने समेत उहाँले स्पष्ट पार्नुभयो ।














