विद्युतिय सुरक्षा दिवस २०८० को अवसरमा प्रभातफेरी
२६ चैत्र, हेटौँडा । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतिय सुरक्षा दिवस २०८० को अवसरमा प्रभातफेरी गरेको छ ।
पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्ड सहित कार्यालयबाट शुरु गरि थानाबजार दोबाटो लागाएतका बजारहरुमा परिक्रमा ¥याली गरेको हो । प्राधिकरणले हरेक वर्ष चैत्र २६ गते विद्युतीय सुरक्षा दिवस मनाउदै आएको छ । विद्युतिय सुरक्षा दिवसका अबसरमा ¥यालीलाई सम्बोधन गर्दै वितरण केन्द्र प्रमुख माधब न्यौपानेले विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना फैल्याउन, सुरक्षित विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र चुहावट नियन्त्रणका लागि उपभोक्तामा सचेतना प्रदान गर्न दिवस मनाईएको बताउनुभयो । प्रमुख न्यौपानेले विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सुरक्षामा विशेष ध्यान दिएर विद्युतीय उपकरण प्रयोग गर्न सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो । विद्युतजन्य कार्य गर्दा विशेष सावधनी अपनाउन पनि उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । प्रमुख न्यौपानेले सुरक्षा चुनौतिका रुपमा रहेका पुराना काठका पोलहरु विस्थापन गरि स्टिल पोल राख्ने अभियानमा लागेको जानकारी दिनुभयो । त्यस्तै, ट्रान्सफरमर, कन्डक्टरको क्षमता वृद्धि गर्ने कार्यपनि अगाडि बढाईएको उहाँले बताउनुभयो ।














