विश्व सिमसार दिवसको अवसरमा राप्ती तट वरिपरि सरसफाइ

संवाददाता
१९ माघ २०८०, शुक्रबार १९:०१

१९ माघ, हेटौँडा । विश्व सिमसार दिवस २०८० को अवसरमा राप्ती तट वरिपरि सरसफाई गरिएको छ ।
राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान चितवनको आयोजना र हिमालयन राइर्डस सोसाइटीको समन्वयमा शुक्रबार सरसफाई गरिएको हो । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यता एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा र संस्कृति मन्त्रालयका सचिव हरिशरण पुडासैनीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वन विज्ञान अध्ययन संस्थाका उप प्रध्यापक शैलेन्द्र यादवले सिमसार क्षेत्रको बारे प्रकाश पार्नुभएको थियो । त्यसैगरी कार्यक्रममा सहभागी अन्य वक्ताहरुले तीन तहको सरकार मिलेर सिमसार क्षेत्रलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । सरसफाई कार्यक्रममा मेयर लामा सहित डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत बसन्त राज गौतम, फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हिमालयन राइर्डस सोसाइटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*