शक्तेश्वर मन्दिर संरक्षण समितिको सभाहलको उद्घाटन
२५ फागुन, हेटौँडा । हेटौंडा १६ शिवपुरी स्थित श्री शक्तेश्वर मन्दिर संरक्षण तथा पर्यटकीय क्षेत्र व्यबस्थापन समितिको सभाहलको शुक्रबार उद्घाटन गरिएको छ ।
हेटोडा उपमहानगरपालिका १६ नम्बर वडामा रहेको सभाहलको शिबरात्रीको अवसरमा पारेर उदघाटन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि १६ नं. वडाका वडा अध्यक्ष रामकृष्ण कोइरालाले विकास निर्माणमा राजनीति गर्न नहुने बताउनुभयो । उहाँले विकास निर्माणको लागि सबै एकजुट भई राष्ट्रको समृद्धिको लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
समितिका अध्यक्ष सोम प्रसाद लामिछानको सभाध्यक्षतामा भएको कार्यक्रममा १६ नं. वडा सदस्य राजन दाहाल, समितीका आजीवन सदस्य धुव्र भुजेल, नेपाली काग्रेसका १६ नम्बर वडा सभापति सोमनाथ दंगाल लगायतको आतिथ्यता रहेको थियो ।














