श्रीधर पोखरेलको राजनीतिक ईतिहास

संवाददाता
२१ जेष्ठ २०८१, सोमबार १९:३०

२१ जेठ, हेटौँडा । साढे चार दशक लामो राजनीतिक जीवनको अनुभव संगालेका एमाले नेता श्रीधर पोखरेल नेकपा एमाले मकवानपुरको अध्यक्षमा निर्वाचित भए ।
२०३५ सालबाट बिद्यार्थी आन्दोलनमा होमिएका पोखरेल २०३६ सालको आन्दोलनमै सक्रीयता पुर्वक सहभागी बने ।
त्यतीबेला उनी अनेरास्वीयु मकवानपुरको उपाध्यक्ष थिए । २०३७ देखि २०४० सम्म अनेरास्ववीयुको अध्यक्ष भएर नेतृत्व गरेका पोखरेल २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेद्वार जिताउने अभियानमा सक्रीय बने । २०४४ सालमा जनपक्षीय मन्चको सचिब बनेका पोखरेल मकवानपुरका गाउँबस्ती डुल्दै कम्युनिष्ट आन्दोलनलाई उत्कर्षमा पु¥याउन सक्रीय रहे ।


२०४६ को जनआन्दोलनमा समेत उनको सक्रीयता रहेकोे थियो । बिद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेका पोखरेल २०५४ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवासंघको उपाध्यक्ष बने । उनले युवा संघका नारायणी अन्चल ईन्चाज, केन्द्रीय सदस्यको भुमिका निर्वाह गरिसकेका छन् ।
पिपुल भोलन्टिीयर राष्ट्रीय कमिटि सदस्य समेत बनेका पोखरेल युवा र बिद्यार्थीका क्षेत्रमा काम गरेको अनुभवबाट २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको सदस्य भए । २०५४ सालदेखि १२ बर्ष पोखरेलले कार्यालय सचिबको भूमिका निर्वाह गरे ।
२०६२ सालमा नेकपा एमालेको सचिबको भूमिका निर्वाह गरिसकेका पोखरेलसँग २०३६, २०४६ र ०६२–०६३ जनआन्दोलनमा सहभागी बनेको र नेतृत्व गरेको अनुभव छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*