श्रीराम पाञ्चायन धाम निमार्णाथ हेटौंडा ७ क्याम्पामा महायज्ञ जारी

संवाददाता
१० फाल्गुन २०८०, बिहीबार १९:१०

१० फागुन, हेटौँडा । हेटौंडा उपमहानरपालिका –७ क्याम्पामा श्रीराम पाञ्चायन धाम निमार्णाथ जारी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा भक्तजनको उल्लेख्य उपस्थिती रहेको छ ।
फागुन ४ गतेदेखि सुरु भएको श्रीमदभागवत सप्ताहको छैटौं दिनसम्म आइपुग्दा भक्तजनले उत्साहपूर्वक सहभागिता जनाएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक प्रकास पौडेलले जानकारी दिनुभयो । श्री राम पाञ्चालयन धाम निर्माणका लागि आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यले सुरु भएको महायज्ञ फागुन १२ गतेसम्म सञ्चालन हुने पौडेलले बताउनुभयो । महायज्ञबाट ५० लाख आर्थिक सहयोग संकलन हुने अपेक्षा रहेको संयोजक पौडेलले बताउनुभयो ।
श्रीराम पाञ्चायन मन्दिर तथा आश्रम धार्मिक मात्रै नभई सामाजिक र स्वास्थ्यका दृष्टिकोणले पनि महत्वपूर्ण हुने श्रीराम पाञ्चायन धाम नेपालका अध्यक्ष देवकृष्ण घिमिरेले बताउनुभयो । उहाँका अनुसार धामले पूर्वीय चिन्तनको प्रचारप्रसार, वैदिक शिक्षा, भान्सा नै औषधि हो भन्ने सामाजिक चेतना जगाउने उद्देश्य बाकेको छ ।
महायज्ञमा बिभिन्न दाताहरुबाट रकम लगायत जिन्सी समाग्री समेत संकलन हुने क्रम जारी र रहेको आयोजकले जनाएको छ । महायज्ञमा श्री १००८ स्वामी देवराजाचार्य र श्री अच्युत प्रपन्नाचार्य स्वामीबाट कथा वाचन भैरहेको छ । श्रीराम पाञ्चालय धाम नेपाल नामक संस्था नेपालमै पहिलो पटक गठन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*