संक्रमणकालीन न्याय टुंग्याउन राष्ट्रसंघका महासचिव गुटेरेसले दिए तीन सुझाव

संवाददाता
१२ कार्तिक २०८०, आईतवार १९:०२

१२ कार्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताउनुभएको छ ।
उहाँले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरेर मात्र शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुग्नुपर्ने बताउनुभयो । नेपाल भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटपछि भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल र संयुक्त राष्ट्रसंघ बीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको पनि उल्लेख गर्नुभयो । महासचिव गुटेरेसले विगत बीस वर्षमा नेपालको प्रगति अचम्मको रहेको पनि बताउनुभयो । महासचिव गुटेरेसले नेपालले विगत तीस वर्षमा एक तिहाइ हिँउ गुमाएको बताउँदै यहाँका हिमनदीहरू उच्चदरमा पग्लिरहेको प्रति चिन्तासमेत प्रकट गर्नुभयो ।


प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन महत्वपूर्ण भुमिका हुने बताउनुभयो । नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट त्यसलाई टुंगोमा पु¥याउन अन्तर्राष्ट्रिय समूदायको पनि महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनले नेपालमा पारेको असर न्युनिकरणका लागि महासचिव गुटेरेसले.खेल्नुभएको भुमिकाको उच्च प्रशंशा गर्दै आगामी दिनमा अझ धेरै सहयोगको पनि अपेक्षा गरिएको बताउनुभयो ।
महासचिव गुटेरेसले आफूसँग विश्व शान्तिका लागि नेपाली सेना र नेपाल प्रहरीले खेलेको भुमिकाको प्रशंशा गरेको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*