संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्छः उपप्रधानमन्त्री सिंह
२७ श्रावण, काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
ललितपुरमा आईतवार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले अहिले भएका अधिकारहरु कसरी कार्यान्वयन गर्ने ? बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताउनु भयो । उहाँले प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या अहिले ठूलो रुपमा रहेको बताउनु भयो ।














