संविधान संशोधन हुनसक्ने अवस्था छः सभापति देउवा

संवाददाता
१४ भाद्र २०८१, शुक्रबार १८:१५

१४ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताउनुभयो । उहाँले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पार्नुभयो ।
सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताउनुभयो । संविधानका आधारभुत कुराहरु संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन हुने उहाँको भनाई छ ।
सभापति देउवाले संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको बताउनु भयो ।
सभापति देउवाले नेपाललाई गरिवी मुक्त बनाई सबै मिलेर समावेशी नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*