सत्य कुरालाई बाहिर ल्याउनु नै पत्रकारिताको धर्म होः मन्त्री मोक्तान

संवाददाता
१ बैशाख २०८१, शनिबार १३:१३

१ वैशाख, हेटौँडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले लोकतन्त्र र गणतन्त्रको स्थापना गर्न सञ्चारजगतको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
मन्त्री मोक्तानले प्राप्त उपलब्धिहरुलाई संस्थागत रुपमा विकास गर्न सञ्चारजगतले थप कलम चलाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । प्रेस सेन्टर नेपाल मकवानपुरले नयाँ वर्ष २०८१ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा कार्यालय उद्धाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले सत्य कुरालाई बाहिर ल्याउनु र यर्थाथमा परिणत गराउनु नै पत्रकारिताको धर्म भएको बताउनुभयो । मन्त्री मोक्तानले सञ्चारजगतलाई अनुभुति हुने गरी काम गर्न प्रदेश सरकार तयार रहेको समेत दाबी गर्नुभयो । प्रदेश सरकारले प्रेस रजिष्टारको कार्यालय स्थापना गरेर पत्रकारिता क्षेत्रको संस्थागत विकास गरिरहेको मन्त्री मोक्तानले जिकिर गर्नुभयो ।
मन्त्री मोक्तानले सञ्चारकर्मीहरुले आफुमा र आफ्नो काममा विश्वास गर्न आवश्यक रहेको बताउनुभयो । सञ्चार क्षेत्र मात्र नभर्ई अन्य क्षेत्र पनि समस्याग्रस्त भएकोले समाधानमा सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ । संविधानले दिएको अधिकारहरुलाई संघीय सरकारले प्रस्ट नपर्दा प्रदेश सरकारलाई केही ऐनहरु बनाउन कठिन भएको मन्त्री मोक्तानले बताउनुभयो ।


प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, माओवादी केन्द्र मकवानपुरका सचिव बीरबहादुर घलान ज्वाला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेशका महासचिव कृष्ण सारु मगर, महासंघका जिल्ला अध्यक्ष मणिराज गौतम, प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज ढोडारी, समाजवादी प्रेस संगठनका केन्द्रीय महासचिव रामकुमार एलन लगायत पत्रकारसम्वद्ध विभिन्न संघ संगठनका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*