सबारी चालक अनुमति पत्र सम्बन्धि सम्पुर्ण सेवाहरु रोकिए, सर्वसाधारण मर्कामा
१७ श्रावण, हेटौैडा । बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालय मातहतका चारवटा यातायात ब्यबस्था कार्यालयहरुबाट जारी हुँदै आएको सबारी चालक अनुमति पत्र सम्बन्धि सम्पुर्ण सेवाहरु रोकिएका छन् ।
यातायात व्यवस्था कार्यलय भक्तपुर, ठूलो भ¥याङ, एकान्त कुना र चाबहीलले सार्वजनिक सूचना जारी गरी लाईसेन्स सम्बन्धि सम्पूर्ण सेवा रोकीएको जानकारी दिएको हो । यातायात ब्यवस्था विभागले श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशलाई पत्र पठाउँदै अनलाईन प्रणालीमा देखिएको समस्या समाधान नभएसमम थप कोटा प्रणाली नराख्नुहुन जानकारी गराएको मन्त्रालयका सचिब बलराम निरौलाले बताउनुभयो ।
विभागले अनलाईन प्रणालीमा देखिएको समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने जानकारी नदिँदा सेवा प्रवाह कहिलेसम्म रोकिने हो भन्ने एकीन हुन सकेको छैन । यसबाट सर्वसाधारण भने मर्कामा छन् ।














