सबै नीतिमा स्वास्थ्यलाई कार्यान्वयनमा ल्याउन सबै मन्त्रालय तत्पर रहन्छः मन्त्री श्रेष्ठ

संवाददाता
३१ बैशाख २०८१, सोमबार १७:५०

३१ वैशाख, हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यन्वयनमा ल्याउन सबै मन्त्रालय तत्पर रहने बताउनुभएको छ ।
सोमबार बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको सबै नीतिमा स्वास्थ्य निर्देशक समितीको बैठकमा मन्त्री श्रेष्ठले स्वस्थ र निरोगी जीवनशैलीका लागी आफ्नो जिवनयापन पनि ठिक राख्न जरुरी रहेको बताउनुभयो । स्वस्थ हुनका लागी खानपानमा ध्यान दिनुपर्ने बताउदै मनोसामाजिक स्वास्थ्यमा पनि ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । स्वास्थ्य क्षेत्रमा आत्महत्या न्युनीकरणलाई पहिलो प्राथमिकतामा राखिएको बैठकमा पनि मन्त्री श्रेष्ठले जानकारी गराउनुभयो । बागमती प्रदेश सरकारका कायम मुकायम प्रमुख सचिव गोविन्द बहादुर कार्किको अध्यक्षतामा भएको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।
आज बसेको बैठकले निम्न निर्णय गरेको थियो ।

१.बागमती प्रदेशका सबै विषयगत मन्त्रालयको सहभागितामा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा तयार गरी २०८० साल फागुन ०८ गते प्रदेश मन्त्रिपरिषद्ब स्वीकृत भई २०८० साल चैत्र ०८ गते प्रदेश राजपत्रमा प्रकाशित ’सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०”मा उल्लेखित विषयगत मन्त्रालयले गर्नुपर्ने स्वास्थ्य सम्बन्धि कियाकलापहरू मावि छलफल गरी आगामी आ.व.को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा उक्त क्रियाकलापहरूलाई समावेश गर्न अनुरोध गर्ने।
२.“सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०” को दफा ८ (ग) अनुसार सबै मन्त्रालयले एकजना सबै नीतिमा स्वास्थ्य सम्पर्क व्यक्ति तोकी २०८१ साल जेष्ठ १५ गतेभित्र मन्त्रालयमा जानकारी गराउने।
३.स्वास्थ्य मन्त्रालयद्वारा “सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०”को दफा ९ को उपदफा (५) बमोजिमको कार्यविधि तयार गरी आगामी बैठकमा पेश गर्ने।
४.“सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०”को कार्यान्वयनका लागि सबै सरोकारवाला निकायहरुसम्म प्रचारप्रसार गर्न माननीय मुख्यमन्त्रीज्यू तथा विषयगत मन्त्रालयका माननीय मन्त्रीज्यूहरूलाई आमन्त्रण गरी २०८१ जेष्ठ महिनाभित्र सार्वजनिकीकरण कार्यशाला गोष्ठी गर्ने ।
५ बागमती प्रदेश सरकारले जारी गरेको ूसबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०”लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि उक्त निर्देशिकामा उल्लेख भएका कियाकलापहरूलाई स्थानीय तहको आगामी बजेट तथा कार्यक्रम तर्जुमा गर्दा समावेश गर्नका लागि बागमती प्रदेशका सबै स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयमार्फत अनुरोध गर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*