समाजसेवी दलबहादुर खड्काको एकल लगानीमा मन्दिर निर्माण
२७ माघ, हेटौँडा । हेटौंडाका समाजसेवी दलबहादुर खड्काले एकल लगानीमा मन्दिर निर्माण गर्नुभएको छ ।
हेटौंडा उपमहानगरपालिका– ७ निवासी खड्काले नागस्वती चोक स्थित वडा कार्यालयकसँगै रहेको सार्वजनिक जग्गामा एक करोड ५० लाखको लगानीमा वनदेवी मन्दिर निर्माण गर्नुभएको हो । मन्दिरको एक कार्यक्रमकाबीच समाजसेवी एवं धर्मानुरागी मुरलीधर रुङटाले उद्घाटक गर्नुभयो । कुखुरा व्यवसायी खड्का सामाजिक एवं धार्मिक कार्यमा सक्रिय हुनुहुन्छ ।२०७९ साल मंसिदेखि निर्माण थालिएको मन्दिर व्यागोडा शैलीमा निर्माण गरिएको छ । मन्दिर निर्माणमा परम्परागत चुना, सुर्की, तेलिया इटाको प्रयोग गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिनुभयो ।

उक्त अवसरमा इन्द्रेणी सास्कृतिक परिवारले सांगितीक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । वनदेवी तथा राधाकृष्ण संरक्षण समितिका अध्यक्ष राजी प्रसाद ढकालको सभाध्यक्षतामा भएको मन्दिर उद्घाटन कार्यक्रममा धर्मानुरागी डा. चिन्तामणी योगिनाथको विशिष्ट आतिथ्यता थियो । कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष दामोदर दाहाल, पूर्व अध्यक्षहरु शिव प्रसाद दाहाल, रामशरण गौतम, राजन थापा, टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा ललगायतको उपस्थिती थियो ।














