समुदायसंग जोडिन शैक्षिक गुणस्तरको अभिवृद्धि जरुरीः मन्त्री श्रेष्ठ

संवाददाता
६ बैशाख २०८१, बिहीबार १२:४७

६ वैशाख, हेटौँडा । नयाँ शैक्षिक सत्रको सुरुवात भएसंगै हेटौंडा १२ पान्तले स्थित बुद्ध माध्यमिक विद्यालयले भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम गरेको छ ।
बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठ सहित विद्यालयका प्रध्यानाध्यापक किसन थापा, शिक्षक, विद्यार्थी सहितको उपस्थितिमा बिहिबार भोर्ले, हात्तीगौँडा, बनेलधाप टोल लगायतका स्थानमा घरदैलो कार्यक्रम भएको हो । अभियानको क्रममा मन्त्री श्रेष्ठले अभिभावकहरुसंग भेटी विद्यार्थीलाई विद्यालयमा पठाउन आग्रह गर्नुभयो । उहाँले विद्यार्थी भर्ना अभियान तीव्र बनाउन विद्यालय व्यवस्थापन समितिले विद्यार्थी र अभिभावकसंगको छलफललाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।


राज्यले ठुलो लगानी गरेको सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या सहित गुणस्तर पनि बढाउनुपर्नेमा उहाँको जोड थियो । मन्त्री श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार विकासको लागि बागमती प्रदेश सरकार गुरुयोजनाको साथ अघि बढेको दाबी गर्नुभयो । समुदायसंग जोडिनको लागि पनि शैक्षिक क्षेत्रको गुणस्तर अभिवृद्धि हुनुपर्ने उहाँको भनाई छ ।
त्यसैगरी विद्यालयका प्रध्यानाध्यापक किसन थापाले सामुदायिक विद्यालयहरुको भौतिक विकास अझैपनि सोचे अनुरुप हुन नसकेको बताउनुभयो । उहाँले कम्प्युटर ल्याब, खेलमैदानको व्यवस्थापनको लागि आफुहरुले विगत देखि नै प्रदेश र स्थानीय सरकारलाई अनुरोध गर्दै आएको बताउनुभयो ।
कक्षा १० सम्म अध्यापन हुने विद्यालयमा हाल ६ सय ५० जना विद्यार्थी अध्ययनरत् छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*