सरकारलाई संविधान कार्यान्वयनको अल्टिमेटम दिन काठमाडौं आएका हौँः मुख्यमन्त्री कार्की

संवाददाता
१४ पुष २०८०, शनिबार १९:०६

१४ पुस, काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन् ।
शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न संघ सरकारलाई अल्टिमेटम दिएका हुन् । प्रधनमन्त्री दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान कार्यान्वनको लागि सबै प्रदेशका मुख्यमन्त्रीहरु एक भइ प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई अघिल्लो पटकको जस्तो ज्ञापन पत्रको निरन्तरता वा अधिकार माग्नको लागि निरन्तरता दिने काम नभइ यो पटक संविधान कार्यान्वयनको लागि अल्टिमेटम दिइएको स्पष्ट पार्नुभयो ।
उहाँले संविधान समयमै कार्यान्वयन नभए थप दबाबमुलक कार्यक्रम अघि बढाउने चेतावनी पनि दिनुभयो । ज्ञापन पत्र बुझाउने, आश्वासन दिने निरन्तरताको क्रमभंग गर्न आफूहरु काठमाडौं आएको उहाँको भनाइ थियो । मुख्यमन्त्री कार्कीले संघीय संसद र सांसदहरुले विधेयकमा छलफल गरेर कानून पास गर्ने कुरा बिर्सिएर मन्त्री बन्ने र भाइरल हुने काममा मात्रै लागेको आरोप लगाउनु भयो । उहाँले संघीय संसदलाई भाइरल हुने रोग लागेको बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश मुख्यमन्त्रीहरुको संघर्ष र समन्वय सरकारसँग मात्रै नभइ संघीय संसदसँग पनि रहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*