सरकारले चितवन र पर्सा निकुञ्जका लागि एउटै प्रवेश पासको व्यवस्था गर्नुपर्छः महेश बर्तौला

संवाददाता
११ भाद्र २०८१, मंगलवार १७:४६

११ भाद्र, काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुका लागि एउटै प्रवेश पासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको दुवै राष्ट्रिय निकुञ्जमा एउटा गेट पासबाट पर्यटकहरुलाई प्रवेश गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रमुख सचेतक बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज मधेस प्रदेश र वागमती प्रदेशको पर्यटन प्रवद्र्धनको सबैभन्दा महत्वपूर्ण क्षेत्र भएकाले यसको उचित व्यवस्था गर्ने काममा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले सरकारले पर्यटन प्रवद्र्धनको कामलाई व्यवहारिक रुपमा नै अघि बढाउनुपर्ने आवश्यकता पनि आंैल्याउनु भयो ।
प्रमुख सचेतक बर्तौलाले ती दुवै राष्ट्रिय निकुञ्ज प्राकृतिक परिदृश्यले पनि मनोरम रहेकाले त्यसको प्रवद्र्धनबाट राष्ट्रले ठूलो आयआर्जन गर्नसक्ने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*