सशस्त्र प्रहरी बलले २६ स्थानमा पिङ हाले
२५ असोज, हेटौँडा । सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले दशैंको अवसरमा मकवानपुरका २६ स्थानमा पिङ हालेको छ ।
विपद् व्यवस्थापन, शान्ति सुरक्षामा सक्रिय सशस्त्र प्रहरीले जनतासँग सामिप्यताका लागि विभिन्न स्थानमा पिङ हालेकोे हो । युवाशक्ति पलायन हुने क्रम बढेसँगै पिङ हाल्ने जनशक्तिको समेत अभाव रहेको हेटौंडा ६ का ज्येष्ठ नागरिक मनोरथ न्यौपानेले बताउनुभयो ।
स्थानीय वासिन्दाहरुलाई सहजताका लागि पिङ हाल्दिने गरिएका सशस्त्र प्रहरी प्रमुख ज्ञानप्रसाद भूर्तेलले बताउनुभयो । स्थानीयले पिङका लागि आवश्यक सामग्री जुटाउने गरेका छन् भने सशस्त्र प्रहरीले जनशक्ति उपलब्ध गराउँदै आएको छ । वर्षमा एक दिन दशैंको टिकाको दिनमा धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहेको छ ।














