सहिद स्मारकमा हस्तकला सामाग्रीको लोकप्रियता बढ्दो
३० फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको सहिद स्मारकमा हस्तकला सामाग्रीको लोकप्रियता बढ्दो छ ।
स्मारक अवलोकनका लागि आउने पर्यटकले उच्च मात्रामा हस्तकलाका सामाग्रीहरु रुचाउने गरेका छन् । स्थानीय उत्पादनले मकवानपुर जिल्लालाई हस्तकलाको क्षेत्रमा चिनाउने कार्य गरिरहेको छ । बासको साम्रगी स्मारकमा सबै भन्दा धेरै बिक्री हुने गरेको कारागारी बिर्जु राईले बताउनुभयो । राई स्वयम्ले बासको हस्तकलाका सामाग्रीहरु निर्माण गर्ने गर्दछन् । कुनै समय तालिममा सहभागीको भुमिकामा रहनु भएमा राई अहिले आफैले तालिम प्रदान गरिरहनु भएको छ । विभिन्न संघसंस्थाबाट तालिमको प्रशिक्षण दिनको लागि निमन्त्रणा आउने गरेको उहाँले बताउनुभयो ।

बासका साम्रगीहरु बनाउन गाह्रो भएपनि पनि बिक्रीको लागि भने सहज भएको उहाँको भनाई छ । स्थानीय बजार सहित काठमाडौँ, पोखरा र बिराटनगर लगायतका स्थानहरुबाट पनि साम्रगीको माग उच्च भएको राई बताउनुभयो । राईले अहिले उनी मनहरी ६ कोलघारीमा तालिम प्रदान गरिरहेका छन् । सफल हस्तकला उद्योग चौघडास्थित कल्याणटारमा रहेको छ । उद्योगमा हस्तकला कारागारीका लागि ६ जना कर्मचारीहरु कार्यरत छन् ।














