सामुदायिक विद्युत प्राधिकरणलाई हस्तान्तरण

संवाददाता
२७ जेष्ठ २०८१, आईतवार ०७:२०

शम्भु अधिकारी
२७ जेठ,थाहा । थाहा नगरपालिका वडा नम्बर ७ स्थित जलेश्वरी सामुदायिक विद्युत सहकारी संस्थाबाट वितरण भईरहेको विद्युत्को स्वामित्व नेपाल विद्युत प्राधिकरणले लिएको छ । एक कार्यक्रमकाबीच संस्थाले विद्युत संरचना र स्वामित्व नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पालुङ वितरण केन्द्रलाई हस्तान्तरण गरेको हो । २०७४ सालमा स्थापना भएको उक्त सामुदायिक विद्युत सहकारी संस्था मार्फत् १ सय १३ घरधुरी ग्रहक रहेका छन् । स्वामित्व हस्तान्तरण हुनु अघि मिटर रिडिङ गर्ने, महशुल उठाउने लगायतका कार्य संस्था मार्फत् नै हुँदै आएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट आदर्शले थाहा नगरपालिका सहित उत्तरी मकवानपुरमा दिगो र भरपर्दो विद्युत सेवा दिन पालुङ वितरण केन्द्रले धादिङ, ललितपुरबाट विजुलीको स्रोत जोडिसकेको र हेटौंडा तथा किर्तिपुरबाट पनि जोड्ने प्रयास भईरहेकोले नगरमा दिगो विजुली प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले विद्युत सेवालाई दिगो र भरपर्दो बनाउन कार्ययोजना बनाई काम भईरहेको जानकारी दिनुभयो । तत्कालिन अवस्थाको आवश्यता बमोजिम सामुदायिक संस्था मार्फत विद्युत सेवा विस्तार भएको भए पनि अहिलेको जनचाहाना विद्युत प्राधिकरणबाटै सेवा लिने देखिएकाले समुदायिक संस्थाबाट प्राधिकरणले स्वामित्व लिएको बताउनुभयो ।

थाहा नगरपालिकाका पुर्व प्रमुख लवशेर विष्टले थाहा नगरपालिकाको आग्रा क्षेत्रमा विद्युत विस्तारकोलागि तत्कालिन आवश्यक्ता सामुदायिक विद्युतिरणनै देखेर जनताको स्वामित्वको संस्था बनाई विद्युतिरण गरिएको स्मरण गराउनु भयो ।

कार्यक्रममा विद्युत स्वामित्व हस्तान्तरण प्रक्रियामा सहज सहजीकरण र प्रयास गर्नु भएको भन्दै पालुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेलाई संस्थाले सम्ममान गरेको छ ।

संस्थाका अध्यक्ष सोनाम सिंह मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि संघ संस्थाका प्रतिनिधि सहित पालुङ बुहुउदेश्यि सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझी ईन्द्रयाणी माविका प्रअ नारायण ब. कार्की लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*