सुशासन र पारदर्शिता गणतान्त्रिक व्यवस्थाको मेरुदण्डः प्रधानमन्त्री ओली
१५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड भएको बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित हुने र भइरहेको दाबी गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारीका क्षेत्रमा धेरै प्रगति भएको दाबी गर्नुभयो । यसमा अझै सुधार ल्याउन आवश्यक रहेको र सरकार सक्रिय रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफूहरु लागिपरेको उहाँले भनाई छ । गणतन्त्र कुनै दलको स्वामित्व नभइ यसको मालिक जनता भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले इतिहास स्मरण गर्ने र मनन गर्नेकुरा मात्रै भएको भन्दै वर्तमानमै बाँच्नुपर्ने बताउनु भयो ।














