स्थानीय सरकारले दलित लक्षित कार्यक्रम बजेटमा राखेनः दलित महिला संघ

संवाददाता
२६ पुष २०८०, बिहीबार १८:५३

२६ पुस, हेटौँडा । दलित महिला संघ मकवानपुरले समूह निर्माण गर्दै दलित महिलाको मुद्दा उजागर गर्दै आइरहेको छ ।
विहीबार हेटौंडामा सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाको पँहुच अभिवृद्धिका लागि मिडियाकर्मीको भूमिकामा अन्तरक्रिया गर्दै संघले गरेको विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । परियोजनाका कार्यक्रम संयोजक बिमला विश्वकर्माले हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा नेपालमा दलित महिला र किशोरीहरुको मानवअधिकार अभिवृद्धि परियोजना कार्यक्रम भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा परियोजना अन्तरगत भएको कार्यक्रमहरुबारे कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । उहाँले ३१ वटा समूह निर्माण गरि उद्यमशील तालिम, बचत कार्यक्रम गरिएको, नीति, कार्यक्रम र बजेट बकालत अभियान गरिरहेको बताउनुभयो । जातीय छुवाछुत, दलितको मुद्दालाई मिडियाले हेर्ने दृष्टिकोण, मिडियोको साथ सहयोगको अपेक्षा रहेको बताउँदै संयोजक विश्वकर्माले परियोजनाले दलित महिलाको विकासमा थप टेवा पुगेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष पवित्रा विश्वकर्माले स्थानीय सरकारले दलित लक्षित कार्यक्रम र बजेटमा नराखेको गुनासो गर्नुभयो । विद्यालय जानै नसक्ने अवस्थाका बालबालिकालाई वडा तहबाटै निशुल्क गरिनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, संघका उपाध्यक्ष सुनिता दर्नाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*