स्थापना दिवसको अवसरमा चौघडा सहकारीद्वारा रक्तदान कार्यक्रमको आयोजना
३ वैशाख, हेटौँडा । हेटौडा उपमहानगरपालिका–६ चौघडा स्थित चौघडा बचत तथा ऋण सहकारी सस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
स्थापनाको १६ वर्ष पूरा भएको अवसरमा सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला सहित ३० जनाले रक्तदान गरेको सहकारीकी व्यवस्थापक दीपा श्रेष्ठले जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्य गर्दै आएको छ । रक्तदान कार्यक्रममा संस्था अध्यक्ष विजय कुमार श्रेष्ठ, उपाध्यक्ष त्रिविक्रम मानन्धर, सचिव अर्जुन प्रसाद हुमागाई, सञ्चालक समिति, शेयर सदस्य, कर्मचारी लगायतको उपस्थिती थियो ।
स्थापना दिवसकै अवसरमा आइतबार सहकारीले ज्येष्ठ सदस्य सम्मान तथा उत्कृष्ट बाल बचत सदस्यलाई पुरस्कृत गरेको थियो । सहकारीको सेयर पुँजी २ करोड ८६ लाख ८६ हजार रुपैयाँ रहेको छ भने २७ करोड ७७ लाख रुपैयाँ भन्दा बढी ऋण लगानी रहेको सहकारीका अध्यक्ष विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । सहकारीले २९ करोड २ लाख भन्दा रुपैयाँ भन्दा बढी बचत संकलन गरेको छ । संस्थामा दुई हजार आठ सय ७७ जना सेयर सदस्य आबद्ध रहेका छन् । चौघडामा मुख्य कार्यालय रहेको सहकारीको हेटौंडा ४ मा भुवनेश्वर सेवा केन्द्र समेत रहेको छ ।














