स्वास्थ्य शिविरमा ३ सय ३१ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा
४ चैत्र, हेटौँडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ थानाभ¥याङको आयोजनामा निः शुल्क स्वास्थ्य शिविर भएको छ ।
मकवानपुर सहकारी अस्पतालको सहकार्यमा भएको शिविरमा ३ सय ३१ जनाले स्वास्थ्य परिक्षण गराएको सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ । शिविरमा सहकारी अपस्तालका बाल रोग विशेषज्ञ डा.हरि बहादुर खडका, हाडजोर्नी तथा नशा रोगको बरिष्ठ विशेषज्ञ डा. सुन्दर कुमार श्रेष्ठले स्वास्थ्य परिक्षण गरेका थिए ।
त्यस्तै पेट, छाती, मुटु, मृगौला, उच्च रक्तचाप, बाथ तथा मधुमेह विशेषज्ञ डा. कमल दवाडी, जनरल फिजिसियन डा. विजय कुमार, स्त्री, प्रसुती तथा परिवार नियोजन विशेषज्ञ डा. राघवेन्द्र ठाकुर लगायतले चेक जाच गरेका थिए । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।














