हराएका मोवाइल धनीलाई फिर्ता

संवाददाता
२० चैत्र २०८०, मंगलवार १९:०२

२० चैत्र, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा हराएका १ सय ४२ थान मोबाइल फेला पारी सम्बन्धित मोवाइल धनीलाई फिर्ता गरेको छ ।
मोबाइल फोन हराएको निवेदनको आधारमा खोजतलास गर्दा फेला परेको मोवाइल सम्बन्धित धनीलाई बोलाएर बुझाइएको हो । चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म ५ सय २४ थान मोवाइल हराएको कार्यालयमा निवेदन कार्यालयमा दर्ता भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक विक्रम खड्का मगरले जानकारी दिनुभयो । त्यस मध्ये प्रहरीले १ सय ४२ सेट मोवाइल फेला पार्न सफल भएको हो । चैत्र महिनामा मात्रै २७ थान हराएका मोवाइल प्रहरीले फेला पारेको प्रहरी निरीक्षक मगरले बताउनुभयो ।
प्रहरीले फेला पारेका विभिन्न ब्रान्डका मोवाइल सेटको बजार मूल्य १५ हजार दे्खि १ लाख सम्मका रहेका छन् । हराएका मोवाइलमा प्रयोग भएको सिम नम्बर र आई.एम.ई.आई नम्बर सहित प्रहरी कार्यालयमा निवेदन दर्ता गराएपछि सोही आधारमा एमडिएमएस प्रणालीमा हालेपछि नयाँ सिम हालेर चलाएको भएमा कल डिटेल र मोवाइल लोकेसनको आधारमा प्रहरीले खोजी गर्ने गरेको छ । नेपाल टेलिकम र एनसेलको नेटवर्क भन्दा बाहिर भएको मोवाइल खोजी गर्न प्रहरीलाई समस्या हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*