हानेपाका बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त

संवाददाता
१५ चैत्र २०८०, बिहीबार २१:११

१५ चैत्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहिबार मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । बज्राचार्यले बिहिबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । हाम्रो नेपाली पार्टी (हानेपा) ले ३ दिन अघि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । गठबन्धनमा परिवर्तन भएसंगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । हानेपा सरकारमा गएसंगै सत्ता गठबन्धनलाई सहजै बहुमत पुगेको छ ।
कूल १ सय १० जना प्रदेश सभा सदस्य रहेको बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*