हेटौँडामा एक दिवसिय योग, ध्यान, साधना र हिप्नोशिस कार्यक्रम हुने

संवाददाता
८ मंसिर २०८०, शुक्रबार १८:४८

८ मंसिर, हेटौँडा । विकासानन्द फाउन्डेशन विश्व परिवार, हेटौंडाको आयोजनामा शनिबार हेटौंडामा एक दिवसिय योग, ध्यान, साधना र हिप्नोशिस कार्यक्रम हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी गराइएको हो । ‘संसार बदल्नु छ, शुरु आफैबाट गर्नु छ, र यो सम्भव पनि छ भन्ने शन्देस दिने विकासानन्दले योग ध्यान साधनाका साथै अध्यात्मिक प्रवचन गर्ने कार्यक्रम रहेको छ । शनिबार हुने कार्यक्रमका बारेमा मेनुका थापाले प्रकाश पार्नुभएको थियो । पत्रकार सम्मेलनमा डा योगी विकासानन्दले ध्यान, योग र मानसिक रुपमा कसरी स्वस्थ रहन सकिन्छ भन्ने बारेमा जानकारी दिनुभएको थियो । करीब ३५ वर्ष अघि हेटौंडामा रुपचन्द्र विष्टको सानिध्यमा कार्यक्रम गरेको स्मरण गर्दै हेटौंडामा आएको परिवर्तको बारेमा उहाँले चर्चा गर्नुभयो । पछिल्लो समय मानसिक रुपमा मानिसहरु डिप्रेसन, एन्जाइटी जस्ता समस्यासँग जुधिरहेको अवस्थामा खुशी भएर मानसिक र शारीरीक रुपमा स्वस्थ बनाउने उद्धेश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा मानिसले आफ्नो मनलाई जे जानकारी दियो त्यहीँ हुन्छ भन्ने कुराको डेमो प्रदर्शनी समेत हुनेछ । कार्यक्रममा एक हजार भन्दा बढीको सहभागिता रहेने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*