हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र

संवाददाता
६ आश्विन २०८१, आईतवार १८:०६

६ असोज, हेटौँडा । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानले बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ माथि पूर्न विचार गर्न आग्रह गर्दै मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापनपत्र बुझाइएको हो । हेटौंडा अस्पतालबाट ¥याली सहित निस्किएको हेटौडा अस्पताल बचाउ अभियान टोलीले मुख्यमन्त्री कार्यालय अगाडी केहीबेर नारा समेत लगाएको थियो ।
२०७६ साल असोज २ गते जारी भएको उक्त ऐनले हेटौंडा अस्पतालको अस्तित्व नै समाप्त पार्ने भएकाले पूर्नविचारका मुख्यमन्त्रीलाई ज्ञापनपत्र मार्फत् आग्रह गरिएको अभियानका संयोजक प्रकाश पौडेलले बताउनुभयो । आइतबार नै प्रमुख जिल्ला अधिकार तीर्थराज चिलुवाललाई पनि अभियान टोलीले ज्ञापनपत्र बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*