हेटौँडा उपमहानगरपालिकाको आवधिक विकास योजना सार्वजनिक

संवाददाता
२५ जेष्ठ २०८१, शुक्रबार १५:५४

२५ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आवधिक विकास योजना सार्वजनिक भएको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उपमहानगरले योजना सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्ष २०८१÷८२ देखि आर्थिक वर्ष २०८५÷८६ सम्मका लागि तयार पारिएको पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य क्षेत्रलाई उपमहानगरले मुख्य प्राथमिकतामा राखेको छ । त्यसैगरी उपमहानगरले हेटौंडा कम्प्लेक्स, टर्मिनल बसपार्क निर्माण, चक्रपथ निर्माण, कर्रा करिडोर, अटो भिलेज निर्माण गरी ४४ वटा नगर गौरवका योजनालाई आवधिक योजनामा समावेश गरेको छ । पञ्चवर्षीय योजनाले नगरवासीको औषत आयु ६८ बर्षबाट ८५ बर्ष पु¥याउने लक्ष्य लिएको छ ।
पञ्चवर्षीय आवधिक योजनाका लागि ६ अर्ब ५६ करोड बजेट अनुमान गरिएको छ । उपमहानगरले आवधिक योजनाका लागि आन्तरिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक स्रोत समेत सुनिश्चित गरेको छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि सहित विभिन्न क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिले सुझाव दिएका थिए । सबै क्षेत्रलाई समान ढंगले सम्बोधन गर्ने गरी नै आवधिक योजना ल्याएको मेयर मिना कुमारी लामाले बताउनुभयो । कार्यक्रममा मेयर लामा सहित उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*