हेटौँडा बजारको २५ मिटर सडक विस्तारसम्बन्धी रिट निवेदन खारेज

संवाददाता
१७ पुष २०८०, मंगलवार १८:०६

१७ पुस, हेटौँडा । हेटौंडाका घरधनीहरुले मुआब्जा र क्षतिपूर्ति सहित सडक विस्तार गर्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
मंगलबार न्यायधीश शाराङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजालशले उत्प्रेषण परमादेशको रिट खारेज गरेको हो । यो संगै डिभिजन सडक कार्यालय हेटौंडालाई २५–२५ मीटर सडक विस्तार गर्ने बाटो खुलेको छ । यसअघि असार १० गतेदेखि कार्यालयले ३५ दिने सुचना जारी गरेर सडक विस्तार गर्ने सुचना निकालेको थियो तर हेटौंडाका घरधनी र व्यवसायीहरुले सर्वोच्चमा रिट दायर गरेको कारण सडक विस्तार कार्य रोकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*