हेटौंडाका विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनको प्रबन्ध मिलाइने

संवाददाता
१३ फाल्गुन २०८०, आईतवार १९:१८

१३ फागुन, हेटौँडा । जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल स्कुलले हेटौंडा उपमहानगरपालिकाका १९ जना छात्राहरुलाई जापानमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
जापानको उक्त विद्यालयले उपमहानगरको प्रत्येक वडाबाट एक जनाका दरले १९ जना विपन्न छात्रालाई सत प्रतिशत छात्रवृत्तिमा जापानमा अध्ययनको व्यवस्था मिलाउने भएको हो । आइतबार सो विषयमा जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच छलफल भएको छ । छलफलमा स्कुलका समन्वयकारी भूमिकामा रहेका सागर सापकोटाले कक्षा १२ पास गरेका र आर्थिक रुपले विपन्न १९ जना छात्रालाई सत प्रतिशत छात्रवृत्ति दिएर केयर गिभरको कोर्ष अध्ययनको प्रबन्ध मिलाउने बताउनुभयो । उहाँले ३ वर्षे कोर्षको लागि निःशुल्क छात्रवृत्ति दिएर छात्राहरुलाई जापानमा अध्ययनको प्रबन्धको व्यवस्था मिलाउने जानकारी दिनुभयो । छलफल पश्चात् उपमेयर राजेश बानियाँले विपन्न छात्राहरुको लागि यो राम्रो अवसर भएको र उपमहानगरले त्यसका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*