हेटौंडाको रातोमाटेमा क्रेनले च्यापेर सहचालकको मृत्यु
९ कार्तिक, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
चुरियामाईबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको क्रेन बिहिबार बिहान आफैँ अनियन्त्रित भई सडक छेउँमा पल्टिँदा क्रेनका सहचालक १८ वर्षीय विपिन महतोको मृत्यु भएको प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । क्रेनले च्यापिएको अवस्थामा रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालेर उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक भण्डारीले बताउनुभयो । यसैगरी दुर्घटनामा पर्साको वीरगञ्ज महानगरपालिका ३० लालपर्सा बस्ने ३० वर्षीय चालक दशरथ पासवान भने सामान्य घाइते भएका छन् ।














